अझै तीन दिन मौसम स्थिर रहने, तुवाँलो कायमै <p>काठमाडौँ। आगामी तीन दिनसम्म मौसम स्थिर अवस्थामा रहिरहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल नेपालको धेरैजसो स्थानको वायुमण्डल अझै स्थिर अवस्थामै रहनेछ।&nbsp;</p> <p>यसै कारण प्रदूषणका कण छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिएको विभागले जनाएको छ। देशका अधिकाश जिल्लाका धेरै ठाँउमा लागिरहेको डढेलोबाट सिर्जित धूँवाका कण वायुमण्डमै सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको विभागले जनाएको छ। रासस</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्