कैद र जरिवानाको मागसहित पत्रकार कुट्ने प्रहरीविरुद्ध मुद्दा

काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद(साग) समापनका दिन समाचार संकनको क्रममा आफ्ना खेल पत्रकारलाई कुट्ने प्रहरीलाई सजायको माग गर्दै नेपाल रिपब्लिक मिडिया प्रालिले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

२४ मंसीरमा सागको समापनको दिन नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाई दशरथ रंगशालाअगाडि प्रहरीले दर्शक पिट्दै गरेको फोटो खिच्ने क्रममा कुटिएका थिए।

मिडियाका तर्फबाट मदन अर्याल र प्रहरीबाट कुटिएका खेल पत्रकार चापागाईले दमनमा उत्रिएका प्रहरीविरुद्ध १ पुसमा कुटपिट मुद्दा दर्ता गरेका हुन्।

कुट्ने प्रहरीलाई तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना माग गर्दै मिडियाले मुद्दा दर्ता गरेको हो।

चापागाईलाई सोह्रखुट्टे प्रहरी वृत्तका डीएसपी सन्तोषसिंह राठौर, महानगरीय प्रहरी वृत्त कालिमाटीका डीएसपी रुगम कुँवर, बालाजु प्रहरी वृत्तका डीएसपी बालनरसिंह राणाले कुटपिट गरेको आजको नागरिक दैनिकमा समाचार छ।

मुद्दामा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाईसमेत विपक्षी बनाइएको छ।

प्रतिक्रिया दिनुहोस्