देश बनाउन परदेश हिँड्ने श्रमजीवीको कथा ‘सनैया’ सार्वजनिक
<p>काठमाडौँ। खाडीमा कार्यरत कामदारसँग कुराकानीमा आधारित ‘सनैया’ सार्वजनिक गरिएको छ। किताब पब्लिसर्सद्वारा प्रकाशित ‘सनैया’ सोमबारबाट बजारमा उपलब्ध भएको छ।</p>
<p>“अप्ठेरो परेका कामदारलाई भेटेर फर्कँदा मेरो निद्रा भाग्थ्यो। आँखा बन्द गर्दा उनीहरू घुमिरहन्थे, ती झझल्काहरूलाई उतारेपछि मात्रै शान्ति मिल्यो,” लेखक कार्की भन्छन्, “यो किताब त्यसैको परिणाम हो।”</p>
<p>कार्की विगत एक दशकदेखि वैदेशिक रोजगारसम्बन्धी रिपोर्टिङमा संलग्न छन्।</p>
प्रतिक्रिया दिनुहोस्