दिल्लीमा खपिनसक्नु गर्मी, ७६ वर्षको रेकर्ड तोडियो
<p>काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीमा सोमबार ४०.१ डिग्री मापन गरिएको तापक्रमलाई ७६ वर्षको सबैभन्दा बढी मानिएको छ। यो सामान्यभन्दा ८ डिग्री सेल्सियस बढी हो।</p>
<p>जमिनको तापमान ४० डिग्री नाघेपछि ‘हिटवेभ’ घोषित गरिन्छ। दिल्लीमा १९४५ मार्चमा ४०.५ डिग्री पुगेको थियो। अघिल्ला वर्षहरूमा यो महिना ३५ डिग्रीको आसपास तापक्रम पुग्थ्यो।</p>
<p>एजेन्सी</p>
प्रतिक्रिया दिनुहोस्