सेनाद्वारा कालीगण्डकी करिडोरको ३० किलोमिटर सडक हस्तान्तरण
<p>काठमाडौं। कालीगण्डकी करिडोर आयोजना अन्तर्गत नेपाली सेनाले ३० किलोमिटर सडक पाल्पा सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको छ।</p>
<p>परराष्‍ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापाको उपस्थितिमा सेनाको ईन्जिनियर विभाग प्रमुख प्राविधिक उपरथी रामधर सिंहले गुल्मीको रुद्रवेनीदेखि अर्वेनीसम्मको २० किलोमिटर र बागलुङको मालढुंगादेखि बलेवा एयरपोर्टसम्मको १० किलोमिटर लम्बाईको सडक हस्तान्तरण गरे। </p>
<p>१ पुसमा भएको सडक हस्तान्तरण कार्यक्रममा चीन र भारतसँग जोड्ने कालीगण्डकी करिडोरले नेपालको आर्थिक विकासमा सहयोग पुग्‍ने परराष्‍ट्रमन्त्री ज्ञवालीले बताए। </p>
<p>२० बैशाख २०७०मा उक्त करिडोरअन्तर्गतको सडक निर्माण जिम्मा पाएको नेपाली सेनाले रिडिदेखि रुद्रवेनीसम्मको ७ किलोमिटर सडक खण्ड १ फागुन २०७५ मा हस्तान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। </p>
प्रतिक्रिया दिनुहोस्