ब्राजिलका सेना, नौसैनिक र हवाई फौजका प्रमुखले दिए एकसाथ राजीनामा
<p>काठमाडौं। ब्राजिलका सेना, नौसैनिक तथा हवाई फौजका प्रमुखहरूले एकसाथ राजीनामा दिएका छन्।</p>
<p>राष्ट्रपति जाय बोल्सोनारोले सेनामाथि अनावश्यक दबाव दिने प्रयास गरेको विरोधमा उनीहरूले राजीनामा दिएको बताइएको छ।</p>
<p>सोमबार मात्रै आफ्ना विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्न बोल्सोनारो बाध्य भएका थिए।</p>
<p>कोरोना भाइरस महामारीलाई लिएर राष्ट्रपतिको लोकप्रियता खस्कँदो छ।</p>
प्रतिक्रिया दिनुहोस्