अफगानिस्तान शान्ति वार्तामा भारत, पाकिस्तान र इरानको सहभागिता
<p>काठमाडौं। अफगानिस्तानमा शान्ति बहालीका लागि मंगलबार ताजिकिस्तानको दोसान्बेमा भारत, पाकिस्तान, इरान र टर्कीसमेत दुई दर्जन देशका नेता सहभागी भएर वार्ता गरेका छन्। </p>
<p>सहभागी अधिकांशले अफगानिस्तानमा चुनाव गराएर शान्ति स्थापना गर्नुपर्ने बताएका छन्।</p>
<p>उता, अमेरिकाले भने तालिबानसँग भएको सम्झौताअनुरुप मे १ देखि आफ्ना सेना फिर्ता गर्नेबारे सोचिरहेको धारणा अघि सारेको छ। यसले त्यहाँ तत्कालै शान्ति स्थापना हुन कठिन देखिएको छ।(बीबीसी)</p>
प्रतिक्रिया दिनुहोस्