वसन्तपुर क्षेत्रमा पसल नहटाए कामपाले कडा कदम चाल्ने
<p>काठमाडौं। काठमाडौं महानगरपालिकाले वसन्तपुर क्षेत्रमा अनधिकृतरूपमा सञ्चालित पसल हटाउन पुरातत्व विभागलाई ताकेता गरेको छ। </p>
<p>नियमविपरीत सञ्चालनमा रहेका सबै पसल सात दिनभित्र हटाउन कामपाले फागुन १४मा विभागलाई पत्राचार गरेको थियो।</p>
<p>विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्रमा पसलहरु सञ्चालनमै रहेकाले कामपाले माइकिङ गर्दै हटाउन आग्रह गरेको हो। पटक–पटक मौखिक र लिखित आग्रह गरे पनि अटेर गरेकाले कडा कदम चाल्न सकिने कामपा बताउँछ।(रासस)</p>
प्रतिक्रिया दिनुहोस्