‘खुवालुङ फुटाउने कुनै निर्णय भएको छैन’ <p>विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले &lsquo;खुवालुङ&rsquo; &nbsp;किराँत समुदायको धार्मिक र सांस्कृतिक धरोहर भएकाले यसलाई पर्यटनसँग जोड्नुपर्ने बताएका छन्।&nbsp;</p> <p>&lsquo;&lsquo;विश्वमा रहेका नेपालीको आस्थाको केन्द्र खुवालुङलाई संरक्षण तथा विकास गरी पर्यटकको आगमन बढाउनुपर्छ,&rsquo;&rsquo; उनले भने।&nbsp;</p> <p>संघीय र प्रदेश सरकारले खुवालुङ (ढुङ्गा) फुटाउने सम्बन्धमा कुनै निर्णय नगरेको उनले प्रष्ट पारे। &lsquo;&lsquo;यस सम्बन्धमा भएका गलत प्रचार र भ्रममा नपर्न सबैसँग आग्रह गर्छु,&rsquo;&rsquo; उनले भने।(रासस)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्