६ बालिकाको पहिचान गर्न परिवार र प्रहरी जाँदै
<p>काठमाडौं। महोत्तरीको भंगाहा नगरपालिका–८ का छ जना बालिकाको पहिचानका लागि नेपाल प्रहरी र बालिकाहरूको परिवारका सदस्य भारतको सीतामढी गएका छन्।</p>
<p>प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले पहिचान खुल्ने कागजातसहित बालिकाका परिवार र प्रहरीहरूलाई पठाइ सकिएको बताए।</p>
<p>बेपत्ता भएका ६ जना बालिकाहरू आज फेला परेपछि पहिचान गर्न पठाउनु परेको बताए। उनीहरू घाँस काट्न घरदेखि हिँडेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्