इन्डोनेसियामा आतंककारीको कायर हमलाः यूएन <p>काठमाडौं। संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले इन्डानेसियाको गिर्जाघरमा भएको बम हमलाको निन्दा गर्दै यसलाई &lsquo;कायर आतंकवादी हमला&rsquo;को संज्ञा दिएको छ।&nbsp;</p> <p>परिषद्ले हमलाका दोषी तथा आतंकवादी काममा मद्दत गर्ने सबैलाई कडा सजायको मागसमेत गरेको छ। यसविरुद्ध सबै देश मिलेर जुध्नुपर्ने परिषद्को भनाइ छ।</p> <p>उक्त हमलामा सुरक्षाकर्मीसहित २० जना घाइते भएका थिए। बम पड्कँदा इन्डोनेसियाको राजधानी मकास्सरका थुप्रै घरका झ्यालका सिसा फुटेका थिए।(एजेन्सी)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्