पाकिस्तानमा चिनी संकट <p>काठमाडौं। विभिन्न खाले संकट झेलिरहेको पाकिस्तान अहिले चिनीको संकटमा परेको छ। बजारमा चिनी अभाव हुन थालेपछि मूल्य अकास्सिएको छ।&nbsp;</p> <p>चिनीपछि पाकिस्तानले चरम अभाव झेलिरहेको अर्को वस्तु हो&ndash; कटन। कटन अभावका कारण त्यहाँको कपडा उद्योग बचाउनै मुस्किल परेको छ।&nbsp;</p> <p>इमरान खान सरकारले यी दुवै वस्तुको आपूर्तिका लागि भारतसँग छलफल गर्ने भएको छ। र, यसलाई दुई देशबीचको सम्बन्ध सुधार्ने कडीका रुपमा हेरिएको छ।(एजेन्सी)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्