‘अफगानिस्तानमा शान्ति छाउन वरपरका देश पनि शान्त हुनुपर्छ’ <p>काठमाडौं। भारतीय विदेशमन्त्री एस जयशंकरले मंगलबार युद्धग्रस्त अफगानिस्तानमा शान्ति सुनिश्चित हुन उक्त देशभित्र र छिमेकका अन्य देश पनि शान्त हुनुपर्ने बताएका छन्।&nbsp;</p> <p>उनले ताजिकिस्तानको राजधानी दुसान्बेमा आयोजित &lsquo;हार्ट अफ एसिया&rsquo; सम्मेलनमा बोल्दै यस्तो धारणा राखेका हुन्।</p> <p>अफगानिस्तान सरकार र तालिबानबीच १९ वर्षदेखि युद्ध चलिरहेको छ। युद्धमा हजारौं मारिएका छन् भने देश बर्बाद हुन पुगेको छ।(एजेन्सी)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्