पाकिस्तानमा अढाई वर्षमा तीन अर्थमन्त्री <p>काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अर्थमन्त्री डा. अब्दुल हफिज सेखलाई पदबाट हटाउँदै हम्माद अजहरलाई नियुक्त गरेका छन्। इमरान २०१८ मा सत्तामा आएपछि अर्थ मन्त्रालय सम्हाल्न उनले तीनजना मन्त्री परिवर्तन गरिसकेका छन्।</p> <p>पाकिस्तान चरम आर्थिक संकटमा छ। इमरान सरकार बनेपछि त्यहाँको जीडीपी ५.६ प्रतिशतबाट झरेर -०.४ मा पुगेको छ। इमरान पाकिस्तानको अर्थतन्त्र सुधार्न सक्ने अर्थमन्त्रीको खोजमा रहेको विश्लेषकहरू बताउँछन्।</p> <p>एजेन्सी</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्