भारतको स्पाइसजेट कम्पनी ५० वटा नयाँ जहाज किन्दै
<p>काठमाडौं। भारतीय वायुयान कम्पनी स्पाइसजेटले न्युयोर्कस्थित लगानी फर्म एभेन्य क्यापिटल गु्रपसँग ५० वटा नयाँ जहाज किन्न आवश्यक रकमका लागि प्रारम्भिक सम्झौता गरेको छ।</p>
<p>स्पाइसजेटका अध्यक्ष तथा प्रबन्ध निर्देशक अजय सिंहले भने, “हामीले एभेन्यु क्यापिटलसँग रणनीतिक साझेदारी गरेका छौं। उक्त कम्पनीसँगको सहकार्य गर्न पाउँदा म खुसी छु। यसले भारतको हवाई उड्डयन क्षेत्रमा लामो समयको योजना बनाउन मद्दत मिल्नेछ।”</p>
<p>एजेन्सी</p>
प्रतिक्रिया दिनुहोस्