पीपीएल: ज्ञानेन्द्र मल्लले ३७ बलमा शतक बनाए
<p>काठमाडौं। नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले घरेलु क्रिकेटमा सबैभन्दा कम बलमा शतक बनाउने खेलाडी बनेका छन्। </p>
<p>पोखरामा जारी पोखरा प्रिमियर लिग अन्तर्गत आज धनगढी ब्लुजबिरुद्धको खेलमा काठमाडौं गोल्डेन वारियर्सका लागि ३७ बलमा १०० रन बनाए। ज्ञानेन्द्रले बनाएको शतक यो सिजनमा पहिलो हो। </p>
<p>३७ बलमा शतक बनाउने क्रममा ज्ञानेन्द्रले ८ चौका र ९ छक्का प्रहार गरेका थिए। शतक पूरा गरे लगत्तै ज्ञानेन्द्र कमलसिंह ऐरीको बलमा आउट भए। ज्ञानेन्द्रको शतकको मद्दतमा काठमाडौं गोल्डेन वारियर्सले धनगढी ब्लुजलाई १८६ रनको लक्ष्य दिएको छ।<br />
</p>
प्रतिक्रिया दिनुहोस्