पुरानो दुईतले घर भने कसैले पनि बिर्सन सक्दैनन्। ढुंगामाटोले बनेको भए पनि बार्दलीसहितको घर हेर्दा आकर्षकसँगै पर्याप्त ठाउँ हुन्छ।
ती घर भूकम्पले ढालेपछि उनीहरुले चार वर्षपछि ढिलै भए पनि नयाँ घर पाएका छन्।
नायिका श्वेता खड्काले आफ्ना दिवंगत पति श्रीकृष्ण श्रेष्ठको सम्झनामा श्वेताश्री फाउण्डेशन स्थापना गरेर २०७३ सालमा नमूना बस्ती बनाउने घोषणा गरेकी थिइन्।
बस्ती निर्माणको काम १५ जेठ २०७४ बाट थालियो । अहिले माझी बस्तीको निर्माणमा सरकारले स्वामित्व लिएको छ । फाउण्डेशनले सहयोग गरिरहेको छ।
नायिका खड्काबाट ४० लाख र श्वेताश्री फाउण्डेशनको २३ लाख रकम जुटाएर बस्ती निर्माणको काम गरिएको प्राविधिक निराजन सापकोटाले बताए।
फाउण्डेशनको रकम भने उपभोक्ता समितिले फिर्ता गर्ने शर्तमा चालू पूँजीको रूपमा परिचालन गरिएको छ।
“श्वेताश्री फाउण्डेशनको अगुवाइ, पुनःनिर्माण प्राधिकरणको साझेदारी र झ्याडी टोल सुधार समितिको सहकार्यमा बस्ती बनेको हो”, सापकोटाले जाानकारी दिए।
सरकारको एक करोड ३० लाख रुपैयाँबाट बस्तीमा सडकलगायतका पूर्वाधारको काम भइरहेको छ।
शुरुमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट बस्तीका हरेक घरलाई तीन लाखका दरले सहयोग प्राप्त भएको थियो।
प्रतिपरिवारले चार लाख ऋण लिएर घर बनाएका छन् । यहाँको ५३ मध्ये २९ घरले ऋण लिइसकेको र बाँकी प्रक्रियामा छ।
हरेक घरले मासिक सात हजार किस्ता बुझाउँछन्।
झ्याडी टोल सुधार समितिका अध्यक्ष दिनेश माझी पैसा अभावले फाउण्डेशन र नायिका खड्काबाट ६३ लाखको चालू पूँजी ल्याएको बताउँछन्।
माझी भन्छन्, “बस्तीको माया होस् र आफ्नोपन आओस् भनेर घरमा व्यक्तिलाई पनि लगानी गर्न लगाइएको हो।
सरकारको बजेट चलाइसकेपछि अन्य संस्थाको पैसा चलाउन नपाउने मापदण्ड आएकाले त्यो रकम फिर्ता गर्ने गरी तत्कालका लागि प्रयोग गरिएको हो।
यहाँको उपभोक्ता समितिले नै घर निर्माणको जिम्मा लिएको छ। काम पनि गाउँले आफैँले गरेका छन्।
गाउँले मिलेरै काम गरेकाले पैसा बाहिर गएको छैन। काम गरेर कमाएको पैसाले मासिक किस्ता तिरिरहेका छन् माझीहरु।
बस्तीमा बाटोसहित बालबगैँचा, सामुदायिक भवन, स्वास्थ्य चौकीलगायत बनाइँदैछ। आउँदो १ चैतसम्ममा पूर्वाधार निर्माणमा समय लाग्ने अनुमान छ।
बस्तीले अठ्ठाइस रोपनी क्षेत्रफल ओगटेको छ। तीन आनामा एउटा घर बनेको छ । एक घरमा तीन कोठा र शौचालय छन्।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सव¬इञ्जिनीयर सुमन काफ्ले सरकारले तोकेको मापदण्डअनुसार नै बस्ती निर्माण भइरहेको बताउँछन्।
बस्ती निर्माणको शुरुको लागत १२ रुपैयाँ छ। अन्य पूर्वाधार निर्माणमा चार करोड खर्च लाग्ने अनुमान थियो। अहिले भने लागत बढेको छ।
नारायण ढुंगाना (रासस)
" />पुरानो दुईतले घर भने कसैले पनि बिर्सन सक्दैनन्। ढुंगामाटोले बनेको भए पनि बार्दलीसहितको घर हेर्दा आकर्षकसँगै पर्याप्त ठाउँ हुन्छ।

">