म्यान्मारका सैनिक नेतामाथि प्रतिबन्ध लगाउने प्रयासमा चीनको अवरोध
<p>काठमाडौं। संयुक्त राष्ट्रसंगको सुरक्षा परिषद्को आपत्कालीन बैठकमा म्यान्मारका सैनिक नेतामाथि प्रतिबन्ध लगाउने प्रस्ताव चीनले अस्वीकार गरेको छ । </p>
<p>सैनिक नेतामाथि प्रतिबन्ध लगाउने कदमले तनाव बढाउने काम मात्र गर्ने राष्ट्रसंघका लागि चिनियाँ राजदूतले बताए । </p>
<p>यसअघि म्यान्मारका लागि राष्ट्रसंघकी विशेष दूतले आवश्यक कदम चाल्न सुरक्षा परिषद्लाई आग्रह गरेकी थिइन्।<br />
कूविरुद्ध जारी प्रदर्शनमाथि सेनाले गरिरहेको दमनबीच उनले म्यान्मारमा रक्तपात तथा सम्भावित गृहयुद्धको खतरा औँल्याएकी थिइन्।</p>
प्रतिक्रिया दिनुहोस्