फ्रान्समा चार साता लकडाउन, विद्यालय पनि बन्द हुने
<p>काठमाडौं। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले एक महिना लकडाउन लगाउने घोषणा गरेका छन् ।</p>
<p> टेलिभिजनमा गरेको सम्बोधनमा उनले यो समयमा अत्यावश्यक सामग्रीका पसलमात्रै खोल्न दिइने र कार्यालयहरुको काम घरबाट नै गर्नुपर्ने बताए । </p>
<p>लकडाउनको समयमा सबै सभासम्मेलनमा रोक लगाइएको छ भने उचित कारणबिना घरभन्दा १० किलोमिटरभन्दा टाढा जान पाइने छैन । यो समयमा विद्यालय समेत बन्द रहनेछन्।</p>
प्रतिक्रिया दिनुहोस्