मिसाइल निर्माणमा एक अर्ब डलर खर्च गर्दै अस्ट्रेलिया
<p>काठमाडौं। अस्ट्रेलियाले आफ्ना ‘जनता सुरक्षित राख्न’ अमेरिकासँग मिलेर नियन्त्रित मिसाइल निर्माण सुरु गर्ने भएको छ। यसका लागि त्यस देशले एक अर्ब अस्ट्रेलियन डलर खर्च गर्ने बताएको छ।</p>
<p>प्रधानमन्त्री स्कट मोरिसनले भने, ‘‘परिवर्तिन विश्व परिवेशका आधारमा मिसाइल निर्माणका लागि हतियार निर्मातासँग साझेदारी गर्ने छौं। यसबाट रोजगारी सिर्जना पनि हुनेछ। निर्यातको अवसर पाइनेछ।’’ उनले १० वर्षमा अर्ब डलर खर्च गर्ने योजना रहेको बताए।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्