सिनजियाङमा भएको अल्पसंख्यकमाथिको कारबाही ‘नरसंहार’ : अमेरिका
<p>काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनको सिनजियाङमा मुस्लिम उइगर समुदाय तथा अन्य जातीय र धार्मिक अल्पसंख्यकमाथि गरिएको कारवाहीलाई ‘नरसंहार’ भएको टिप्पणी गरेका छन्।</p>
<p>पूर्ववर्ती डोनाल्ड ट्रम्प सरकारले पनि उक्त कारबाहीलाई नरसंहार नै मानेको थियो।</p>
<p>मंगलबार बाइडेन प्रशासनले सिनजियाङ कारबाहीलाई दिएको उपमाले औपचारिक मान्यता पाएको छ। </p>
<p>सिनजियाङमा १० लाखजनालाई जेलमा कोचिएको र अनेक भौतिक सजायँ दिइएको अमेरिकी विदेश विभागको भनाइ छ।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्