फेरि टोक्यो बाइडेनको प्रिय कुकुरले ह्वाइट हाउसका अधिकारीलाई
<p>काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनको कुकुर पाल्ने सोख उनकै निम्ति टाउको दुखाइको विषय बनेको छ। </p>
<p>उनको कुकुर मेजरले ह्वाइट हाउसमा एक अर्का अधिकारीलाई टोकेपछि यस्तो अवस्था आएको हो। उनको तत्कालै उपचार गरिएको थियो।<br />
मार्च महिनामै सोही कुकुरले एकजनालाई टोकेको थियो। जर्मन सेफर्ड मेजरलाई तालिम पनि दिइएको छ। ह्वाइट हाउसमा नयाँ व्यक्ति देखेपछि छिल्लो पटक मेजरले टोकेको बताइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्