पाकिस्तानले भारतबाट चिनी र कटन आयात गर्ने
<p>काठमाडौं। पाकिस्तानी क्याबिनेटको इकोनोमिक कोअर्डिनेसन कमिटीले भारतबाट चिनी र कटन आयात गर्न स्वीकृति दिएको छ। </p>
<p>पाँच लाख टन चिनी आयात गर्न तयार पाकिस्तानले कटन भने कति परिमाणमा ल्याउने भन्ने यकिन गरेको छैन।<br />
टेक्सटाइल उद्योगमा काम गर्ने लाखौं मजदुरलाई यसबाट फाइदा पुग्नेछ। </p>
<p>२०१९ मा जम्मु–कास्मिरलाई दिइएको विशेष दर्जा दिने अनुच्छेद ३७० हटाएपछि विरोध गर्दै पाकिस्तानले भारतबाट हुने आयात प्रतिबन्ध लगाएको थियो।(बीबीसी)</p>
प्रतिक्रिया दिनुहोस्