भारतीय मूलका विवेक मूर्ति अब बाइडेनको सर्जन जनरल
<p>काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनको सर्जन जनरलमा भारतीयमूलका डा.विवेक मूर्तिको नियुक्तिलाई सिनेटले मन्जुरी दिएको छ। </p>
<p>डा.मूर्तिले आफ्नो पहिलो प्राथमिकता कोरोनाबाट अधिक प्रभावित अमेरिकामा यसको नियन्त्रण गर्नु रहेको बताएका छन्।</p>
<p>४३ वर्षीय डा.मूर्ति यसअघि २०११मा राष्ट्रपति बाराक ओबामा कार्यकालमा जनस्वास्थ्य सल्लाहकार समूहमा थिए। <br />
आफ्नो नियुक्तिलाई मन्जुरी दिएकोमा उनले मंगलबार अमेरिकी सिनेटलाई धन्यवाद दिए।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्