सामुदायिक वनमा डढेलो, गाउँ बस्ती उच्च जोखिममा
<p>डोटी। डोटी जिल्लाका कम्तीमा पनि एक दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन । </p>
<p>सामुदायिक वनमा एक हप्तादेखि लागेको डढेलो निभाउन नसक्दा गाउँ उच्च जोखिममा पर्नुका साथै ती वनमा नयाँ पलाउन लागेका बिरुवा तथा पालुवा जलेर खरानी भएका छन् । </p>
<p>जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ कुल्पातेस्थित सामुदायिक वनमा एकाएक डढेलो फैलिएपछि स्थानीयवासी, वनका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी तथा दिपायल सिलगढीको दमकलर कर्मचारीको सक्रियतामा डढेलो निभाएको डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भु तिवारीले जानकारी दिए ।</p>
प्रतिक्रिया दिनुहोस्