एकल महिला र सुत्केरीलाई ब्ल्याङ्केट र चामल
<p>काभ्रे। जिल्लाको दुई स्थानीय तहका अति विपन्न एकल महिला तथा सुत्केरीलाई समावेशी कोभिड–१९ प्रतिकार्य योजनाअन्तर्गत दुई थान ब्ल्याङ्केट र एक बोरा चामल, नून, तेल तथा लत्ताकपडा वितरण गरिएको छ । </p>
<p>सीबीएम नेपालको सहयोगमा स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तीकरण केन्द्र (रिमरेक) धुलिखेलले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाका अति विपन्न ४०० एकल महिला तथा सुत्केरीलाई जनही दुई थान ब्ल्याङ्केट, सुत्केरी सामग्री र एक बोरा चामल तथा लत्ताकपडा वितरण गरेको हो ।</p>
प्रतिक्रिया दिनुहोस्