त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान सुचारु
<p>काठमाडौं। प्रतिकूल मौसमका कारण ६ दिनदेखि प्रभावित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सुचार हुन थालेको छ। </p>
<p>तुवाँलोका कारण भिजिबिलिटी कम हुँदा प्रभावित बन्न पुगेको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बिहीबारदेखि नियमित हुन थालेको हो। </p>
<p>प्रतिकूल मौसमका कारण पाँच दिन यान्त्रिक पद्धति (आइएफआर) बाट मात्रै उडान सञ्चालन भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए। आन्तरिक तर्फका पनि केही उडान आज भएका छन्।(रासस)</p>
प्रतिक्रिया दिनुहोस्