तीन किलो कोकिनसहित बोलिभियाली महिला पक्राउ
काठमाडौं। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो प्रतिबन्धित लागूऔषध कोकिनसहित बोलिभियाली महिलालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले १ पुस बिहान उनलाई पक्राउ गरेको हो।

फ्लाई दुबईको उडानबाट काठमाडौं आएकी ‘सीई २८०७२’ नम्बरको राहदानीबाहक ४१ बर्षीया हेर्रेरा अर्टिएगा ओल्गालाई आगमन कक्षमा खानतलासी गर्ने क्रममा नियन्त्रणमा लिइएको ब्यूरोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनलाई ज्याकेटभित्र प्लाष्टिकले बेरेर लुकाईछिपाई ल्याएको अवस्थामा तीन किलो कोकिनसहित पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्