भारतमा कांग्रेसले अर्थमन्त्री निर्मलालाई सोध्यो– तपाईं सरकार चलाइरहनुभएको छ कि सर्कस?
<p>काठमाडौं। भारतमा सरकारले ल्याएको साना बचत योजनामा ब्याज घटाउने निर्णय नै फिर्ता लिएपछि विपक्षी कांग्रेसले अर्थमन्त्री निर्मला सीतारमणले ‘सरकार होइन सर्कस’ चलाएको आरोप लगाएको छ। कांग्रेसले निर्मलालाई अब पदमा बसिरहने नैतिक अधिकार नभएको समेत बताएको छ।</p>
<p>कांग्रेस महासचिव प्रियंका गान्धीले ट्विटरमा विधानसभामा निर्मलाले जितिन् भने उनको ‘अनर्थशास्त्र’ लागू हुने लेखेकी छिन्। सरकारले लघुबचत योजनामा १.१ प्रतिशत ब्याजदर घटाएको थियो।</p>
<p>एजेन्सी</p>
प्रतिक्रिया दिनुहोस्