सिसडोलका प्रभावितलाई ६ करोड दिइने <p>काठमाडौं। काठमाडौं महानगरपालिकाले सिसडोल ल्याण्डफिल साइटका प्रभावितलाई ६ करोड रूपैयाँ दिने भएको छ।</p> <p>फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समितिले विभिन्न माग राखेर चैत १३ देखि फोहोर व्यवस्थामा अवरोध गर्दै आएका थिए।</p> <p>उनीहरूसँगको छलफलपछि महानगरपालिकाले सहमति गर्दै ६ करोड रूपैयाँ दिने निर्णय गरेको हो। सहमतिअनुसार प्रभावित दुई पालिकालाई पूर्वाधार विकासका लागि आगामी वर्षको बजेटमार्फत् तीन/तीन करोड दिइनेछ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्