कोरोनाको संक्रमण बढेपछि फ्रान्समा फेरि लकडाउन <p>काठमाडौं। कोरोना भाइरसको संक्रमण थप बढ्दै गएपछि फ्रान्स सरकारले फेरि लकडाउनको घोषणा गरेको छ। सिन्ह्वाका अनुसार राष्ट्रपति इम्यानुएल म्याक्रोँले फ्रान्समा तेस्रोपटकको लकडाउन घोषणा गरेका हुन्।</p> <p>उनले बुधबार राति लकडाउनको घोषणा गरेको बताइएको छ। यसअनुसार देशैभरिका प्राथमिक तहका विद्यालयहरू तीन हप्ताका लागि बन्द हुनेछन्।</p> <p>राष्ट्रपति म्याक्रोँले अहिलेकै अवस्था कायम भए देशलाई ठूलो क्षति हुने भएकाले लकडाउनको विकल्प नरहेको बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्