काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यगमन विभागमा अनुगमन गरेको छ। अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर आयोगले आज विमानस्थलमा अनुगमन गरेको हो।
वैदेशिक रोजगारीमा जाने अधिकांश अझैपनि आफूले गर्ने काम, कम्पनीबारे जानकारी, तलब तथा सेवा सुविधाका विषयमा अनभिज्ञ रहेको अनुगमनका क्रममा भेटिएको छ।
वैदेशिक रोजगारीमा जानेहरुले आफू कुन कामका लागि जान लागेको हो, कम्पनी कस्तो हो, सम्बन्धित देशको भाषा, कानून तथा समस्या पर्दा कसलाई सम्पर्क गर्ने लगायतका विषयमा जानकारी नै नराखेको पाइएको आयोगले जनाएको छ।
त्यस्तै फ्रि भिसा फ्रि टिकट भनिएपनि विदेशिन लागेका कामदारहरुले १० हजार भन्दा बढी रुपैयाँ तिरेर जानुपरेको गुनासो गरेको पाइएको आयोगका सदस्य सुदीप पाठकले बताए । पाठकले वैदेशिक रोजगारीमा जानेहरुले एअरपोर्टमा भोग्नु परेको समस्याका विषयमा अनुगमनका क्रममा अवगत भएको बताउँदै सबै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने जानकारी दिए।
आयोगका निर्देशक मुरारी खरेलले कामदारहरुले आफूले पाउने तलब बताएपनि त्यस सम्बन्धी सम्झौता पत्र नपाएको पाइएको बताए। कतिपय महिला कामदारहरुलाई आफू के कामका लागि जान लागेको हो भन्नेसम्म पनि जानकारी नभएको अनुगमनका क्रममा भेटिएको समेत उनले बताए।