म्यानमारमा प्रदर्शनकारीले घोषणा गरे अन्तरिम संविधान
<p>काठमाडौं। सैन्य सरकारको विरोधमा उत्रिएका म्यानमारका प्रदर्शनकारीले बुधबार अन्तरिम संविधान घोषणा गरिदिएका छन्। कूपश्चात्को सरकारको विरोधमा उनीहरूले देशको २००८ को संविधान अमान्य घोषित गरेका हुन्।</p>
<p>सत्तारुढ जुन्ता सरकारका लागि यो घोषणा चुनौतीपूर्ण रहेको बताइएको छ। म्यानमारको २००८ को संविधानमा सैनिकलाई संसद्मा एक–तिहाइ सिट आरक्षित गरिएको छ। सैनिकलाई देशको सम्पूर्ण सुरक्षाको समेत जिम्मेवारी संविधानमै दिइएको छ।</p>
<p>एजेन्सी</p>
प्रतिक्रिया दिनुहोस्