देशभर ४,२५० विद्यालयमा ५ अर्ब ६ करोड रकम बाँडफाँडबारे प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण
<p>काठमाडौँ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत देशभरका ४,२५० विद्यालयलाई छनोटका आधारमा पहिलोपटक ५ अर्ब ६ करोड रूपैयाँ बाँडफाँड गरिएको योजनाको प्रतिवेदन आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रधानमन्त्रीलाई बुझाएको छ। आवेदन परेका ६,९२१ मध्ये छनोट गरिएका उक्त विद्यालयहरूलाई साढे ६ लाखदेखि १ करोडसम्म रकम बाँडफाँड गरिएको हो।</p>
<p>प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन्। प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री ओलीले यस कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने बताएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्