बैतडी। बैतडीको पुर्चौडीमा आज बिहान जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
जयपृथ्वी राजमार्गको ढोल्या भन्ने ठाउँबाट पुर्चौडी नगरपालिकाको हाट जाँदै गरेको म१ज ३२९ नम्बरको जीप पुर्चौडी-६, साउन गाउँमा दुर्घटना हुँदा कैलाली धनगढी उपमहानगरपालिका-१ का सुदीप श्रेष्ठको मृत्यु भएको हाे।
जीपका चालक पूर्णान्द बडू गाडी रोकेर शौचालय जाँदा अचानक गाडी १० मिटर अघि आफैं गुडेकाे थियाे। गुड्दै गरेकाे गाडीबाट हामफालेका श्रेष्ठलाई साेही गाडीले किचेकाे प्रहरीले जनाएकाे छ।
प्रहरीका अनुसार श्रेष्ठकाे डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे हाे। श्रेष्ठ हाट प्रहरी चौकीमा कार्यरत प्रहरी जवान हुन्। श्रेष्ठ बिदा सकेर श्रीमति र छोरीसहित पुर्चाैडीको हाट प्रहरी चौकी जाँदै थिए।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक किसन चन्दका अनुसार जीपमा १० जना सवार रहे पनि अन्यको अवस्था सामान्य छ। घटनापछि जीप चालकलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ।
" /> बैतडी। बैतडीको पुर्चौडीमा आज बिहान जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।जयपृथ्वी राजमार्गको ढोल्या भन्ने ठाउँबाट पुर्चौडी नगरपालिकाको हाट जाँदै गरेको म१ज ३२९ नम्बरको जीप पुर्चौडी-६, साउन गाउँमा दुर्घटना हुँदा कैलाली धनगढी उपमहानगरपालिका-१ का सुदीप श्रेष्ठको मृत्यु भएको हाे।

">