म्यान्मारको अवस्था नियन्त्रणबाहिर जान सक्ने खतरा <p>काठमाडौं। म्यान्मारस्थित संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधिले सुरक्षा अवस्था &nbsp;झनै नराम्रो भएर नियन्त्रणबाहिर जानसक्ने खतरा रहेको बताएका छन् ।</p> <p>सुरक्षा फौजहरूले जानाजान, योजनाबद्ध र व्यापक रूपमा घातक बल प्रयोग गरेको प्रमाणहरूबाट देखिएको आवासीय प्रतिनिधि एन्ड्रु कर्कवूडले बताए।</p> <p>उनका अनुसार म्यान्मारमा १ फेब्रुअरीमा सैन्य कू भएयता मारिएका पाँच सयभन्दा बढी व्यक्तिमध्ये ९० प्रतिशतको गोली प्रहारबाट ज्यान गएको छ ।&nbsp;</p> <p>तीमध्ये धेरैको टाउकोमा गोली हानिएको र निशानेबाजहरू दिनदहाडै परिचालन गरिएको उनले बताए ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्