गढीका पाँच गाउँमा पहिलोपटक बिजुली बल्यो <p>उदयपुर। सधैँ अन्धकारमा रहँदै आएको उदयपुर गढी गाउँपालिकाका दुर्गम पाँच गाउँमा पहिलोपटक बिजुली बलेपछि यतिखेर त्यस क्षेत्रका जनता हर्षित बनेका छन् ।&nbsp;</p> <p>उदयपुर गढीको विकट गाउँ घ्याम्पे, भलायाडाँडा, मैनीटार, पात्ले र सत्यवतीमा पहिलोपटक बिजुली पुगेको हो ।&nbsp;</p> <p>उदयपुर गढी गाउँपालिकाका उपाध्यक्ष सानुकुमारी राउतका अनुसार गाउँपालिकाको विकट पाँच गाउँ करिब १५० घरधुरीमा पहिलोपटक बिजुली पुगेको छ ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्