सामुदायिक विद्यालयमा दिवा खाजाको व्यवस्था
<p>पर्वत। पर्वतका २८८ सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु गरिएको छ । </p>
<p>विद्यालयमा नै खाजा खान पाएपछि विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्नुका साथै पढाइमा पनि सुधार आउन थालेको छ । </p>
<p>शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा जिल्लाका सात स्थानीय तहमा रहेका ६१ वडाका २८८ सामुदायिक विद्यालयमा अहिले दिवा खाजा कार्यक्रम सुरु भएको छ ।</p>
प्रतिक्रिया दिनुहोस्