काठमाडौं। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
सरकारले ९ माघमा राष्ट्रियसभा सदस्यका लागि निर्वाचन गर्ने निर्णय गरेसँगै आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
आयोगका अनुसार २० पुसमा उम्मेद्वारको मनोनयन दर्ता हुनेछ।
त्यसअघि १७ पुस बिहान १० देखि ११ बजेसम्म मतदाताको नामावली प्रकाशन गर्ने र त्यही दिन ११ बजेदेखि दिउँसो चार बजेसम्म मतदताको नामावलीमाथि दाबीविरोधको समय तोकिएको छ।
१८ पुसमा मतदाता नामावलीमाथि परेको उजुरीको छानबिन गर्ने र १९ पुसमा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
२० पुसमा उम्मेद्वारी दर्तापछि २१ पुसमा उम्मेद्वारी मनोनयको विरोधमा उजुरी दिने समय तोकिएको छ।
२२ पुसमा मनोनयपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २३ पुसमा मनोनयन भएका उम्मेद्वारको नामावली प्रकाशन गर्ने र २४ पुसमा उम्मेद्वारले नाम फिर्ता लिने आयोगको कार्यतालिकामा उल्लेख छ।
यसैगरी, २५ पुस बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र त्यही दिन निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ। आयोगले ९ माघमा बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ।
राष्ट्रियसभाका १८ सदस्यका लागि मतदान हुनेछ। २० फागुनमा राष्ट्रियसभा निर्वाचित १८ र मनोनित एकजना गरी १९ सदस्यको पदावधि सकिंदैछ। अर्थमन्त्री युवराज खतिवडाको पदावधि पनि २० फागुनमा सकिंदैछ। खतिवडा मनोनित सदस्य हुन्।
पदावधि सकिनेमा नेकपाको तर्फबाट कमलाकुमारी ओली, हरिचरण शिवाकोटी, कालीबहादुर मल्ल, खेमराज नेपाली, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ र राजकुमार कुँवर छन् ।
कांग्रेसको तर्फबाट सुरेन्द्रराज, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, बद्रीप्रसाद पाण्डे, मुक्ताकुमारी यादव, विन्दादेवी आले ९राना० र सरिता प्रसाई छन्।
राष्ट्रिय जनता पार्टी नेपालका सदस्यहरूमा रमेशप्रसाद यादव र वृषेश चन्द्र लाल छन् भने समाजवादी पार्टीका रामप्रित पासपानको पदावधि पनि फागुनमा सकिंदैछ।
राष्ट्रिय सभाका ५९ सदस्यमध्ये प्रत्येक प्रदेशबाट ८/८ सदस्य निर्वाचित हुने र तीन सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा मनोनित हुन्छन्।
राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने दलले ६ पुससम्म आयोगमा दल दर्ता गरिसक्नुपर्नेछ।
" /> काठमाडौं। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।सरकारले ९ माघमा राष्ट्रियसभा सदस्यका लागि निर्वाचन गर्ने निर्णय गरेसँगै आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

">