मेलम्चीको पानी बाईसधारामा, मन्त्रीका अघि स्थानीयले मनाए खुसियाली
<p>काठमाडौं। मेलम्ची आयोजनाको खानेपानी आज बिहान ऐतिहासिक बालाजु बाइसधारामा खसालिएको छ । </p>
<p>सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बाइसधारास्थित खानेपानी केन्द्रमा पुगेको मेलम्चीको पानी खोलेर बाइसधारामा खसालेका हुन् । </p>
<p>योसँगै बालाजु–सोह्रखुट्टे– नयाँबजार लगायतका क्षेत्रमा पनि मेलम्चीको पानी वितरण सुुरु भएको छ । </p>
<p>कार्यक्रममा बालाजुका स्थानीयबासीले खुशीयाली मनाएका थिए । आजै राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानीको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।</p>
प्रतिक्रिया दिनुहोस्