भारत सरकारको सहयोगमा काभ्रेमा दुई विद्यालयका पुनःनिर्माण हुने
<p>काठमाडौं। भारत सरकारको सहयोगमा काभ्रेमा दुईवटा विद्यालयको भवन पुनःनिर्माण गरिने भएको छ। रोशी गाउँपालिकामा रहेको हरिसिद्घि र महाभारत गाउँपालिकामा रहेको सिद्घेश्वर माध्यमिक विद्यालयको भवन पुनःनिर्माण गरिने भएको हो।</p>
<p>पुनःनिर्माणका लागि भूमि पूजा आज गरिएको छ। भारत सरकारले दुई करोड ८४ लाखमा हरिसिद्धि र तीन करोड ९६ लाखमा सिद्धेश्वरको भवन पुनःनिर्माण गर्न लागेको हो।</p>
प्रतिक्रिया दिनुहोस्