साढे दुई करोडको पहुँचमा इन्टरनेट
<p>काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार कुल दुई करोड ५४ लाख १९ हजार बढी जनसंख्या इन्टरनेटको पहुँचमा आएका छन्।</p>
<p>प्राधिकरणले सार्वजनिक गरेको चालु वर्षको पछिल्लो सात महिनाको तथ्यांकले यस्तो देखाएको हो। गत पुस महिनाको तुलनामा माघ महिनामा छ लाख ८३ हजार बढी इन्टरनेट प्रयोगकर्ता थपिएका छन्।</p>
<p>पुस महिनासम्म कूल दुई करोड ४७ लाख ३५ हजार ६५० जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्