कोभिड खोपका लागि विश्व बैंकले ७.५ करोड अमेरिकी डलर ऋण दिने
<p>काठमाडौं। कोभिड–१९ विरुद्धको खोपको पहुँच विस्तार गर्न विश्व बैंक र नेपाल सरकारबीच ७ं५ करोड अमेरिकी डलरको ऋण सम्झौता भएको छ।</p>
<p>यसअनुसार नेपालले ८ अर्ब ७ करोड रूपैयाँ सहुलियतपूर्ण ऋण सहयोग पाउनेछ।</p>
<p>सम्झौतामा अर्थ मन्त्रालयका सचिव शिशीरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले हस्ताक्षर गरे।</p>
प्रतिक्रिया दिनुहोस्