अप्ठ्यारो स्थितिका बाबजुद देशको विकास हुँदै छ : प्रधानमन्त्री
<p>काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अप्ठ्यारो स्थितिको बाबजुद सरकारले तीव्रतासाथ देशको विकास गरिरहेको बताएका छन्। उनले यत्तिको विकास इतिहासमा कुनै सरकारले नगरेको दावी गरे।</p>
<p>मेलम्चीको खानेपानी आयोजना उद्घाटन समारोहमा उनले मेलम्चीसहित देशको अनेकन पूर्वाधार निर्माणमा खटिएका राष्ट्रसेवक, विकास साझेदार निकायसँगै स्थानीयवासीहरूलाई धन्यवाद दिएका छन्।</p>
<p>देशको विकासका लागि लगानी र प्रविधि भित्र्याउन आवश्यक रहेको पनि प्रधानमन्त्री ओलीले औंल्याएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्