सात निर्माण कम्पनीमाथि कारवाही <p>काठमाडौं। सडक डिभिजन कार्यालय हेटौँडाले सम्झौताबमोजिम निर्माण सम्पन्न नगर्ने तथा सम्पर्कमा नआउने सात निर्माण कम्पनीमाथि कारवाही गर्ने भएको छ।</p> <p>पटकपटक लिखित र मौखिक रूपमा ताकेता गर्दासमेत सम्पर्कमा नआएपछि सात निर्माण कम्पनीसगँको ठेक्का सम्झौतासमेत तोडेर आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको हो।</p> <p>आशिया कन्स्ट्रक्सन, सौरभा कन्स्ट्रक्सन, सरस्वती निर्माण सेवा, सोनु कन्स्ट्रक्सन, नन्दनी कन्स्ट्रक्सन, जिपिवी कन्स्ट्रक्सन र दामुचन्द्रमाला कन्स्ट्रक्सनलाई कारवाही गरिने भएको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्