काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)बीच प्रदेश २ मा राष्ट्रियसभा निर्वाचनका लागि रिक्त हुने चार स्थानमा एक अर्कोलाई सहयोग गर्ने सहमति भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई पार्टीबीचको छलफलमा यस्तो सहमति भएको हो। पुरुष समूह र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको रिक्त दुई स्थानमा राष्ट्रिय जनता पार्टीका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने र महिला र दलित पुरुष समूहको दुई स्थानमा राजपाले नेकपाका उम्मेदवारलाई सहयोग गर्ने समझदारी दुई पार्टीबीच भएको छ।
नेकपाका तर्फबाट अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा राजपा नेपालका संयोजक राजेन्द्र महत्तोबीच हस्ताक्षर भएको छ। यस्तै दुई पार्टीबीच राष्ट्रिय राजनीतिका समसामयिक विषयहरूमा नियमित रूपमा छलफल गर्ने र सहकार्यको प्रक्रिया अघि बढाउनेसमेत सहमति भएको छ।
बैठकमा नेकपा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णुप्रसाद पौडेल, स्थायी समिति सदस्य एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी थिए।
राजपा नेपालका तर्फबाट अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, महेन्द्र यादव, शरतसिंह भण्डारी र राजकिशोर यादव सहभागी थिए।
" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)बीच प्रदेश २ मा राष्ट्रियसभा निर्वाचनका लागि रिक्त हुने चार स्थानमा एक अर्कोलाई सहयोग गर्ने सहमति भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई पार्टीबीचको छलफलमा यस्तो सहमति भएको हो। पुरुष समूह र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको रिक्त दुई स्थानमा राष्ट्रिय जनता पार्टीका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने र महिला र दलित पुरुष समूहको दुई स्थानमा राजपाले नेकपाका उम्मेदवारलाई सहयोग गर्ने समझदारी दुई पार्टीबीच भएको छ।

">