नरेन्द्र मोदी–शेख हसिनाको फेक भिडियो बनाउने बंगलादेशी युवक पक्राउ <p>काठमाडौं। बंगलादेशका १९ वर्षीय युवक फेक भिडियो बनाएको आरोपमा पक्राउ परेका छन्। राबिउल इस्लाम नामका ती युवकले बंगलादेशी प्रधानमन्त्री शेख हसिना र भारतीय समकक्षी नरेन्द्र मोदीको तस्बिर प्रयोग गरेर बिकाउन भिडियो बनाएर फेसबुकमा पोस्ट गरेका थिए।<br /> डिजिटल सुरक्षा कानुनअन्तर्गत गिरफ्तार ती युवकलाई दोषी पाइएमा १४ वर्ष जेल सजायँ हुन सक्छ। मोदी बंगलादेश स्वतन्त्र भएको ५० वर्षको कार्यक्रममा भाग लिन गएका थिए।(एजेन्सी)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्