अमेरिकालगायतका मुलुकसँग रुसको सम्बन्ध चिसियो
<p>काठमाडौं। रुसी विदेशमन्त्री सेर्गेई लाभारोभले अमेरिकालगायत उनका सहयोगीसँग आफ्नो देशका सम्बन्ध निकै तल झरेको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई ‘हत्यारा’को संज्ञा दिएपछि दुई देशबीचको सम्बन्ध थप खराब बनेको हो।<br />
बाइडेनको प्रतिक्रियापछि रुसले अमेरिकामा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलायो। बिहीबार यसबारे बोल्दै लाभारोभले भने, ‘‘बाइडेनको टिप्पणी घटिया हो। यसले वासिङ्टनसँग मस्कोको सम्बन्धबारे पुनर्विचार गर्नुपर्ने बनाएको छ।’’(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्