अमेरिकी संसद् भवन हमलामा प्रहरीसहित दुईको मृत्यु
<p>काठमाडौं। अमेरिकी संसद् भवन(क्यापिटल बिल्डिङ) हमलामा एक प्रहरी अधिकारको मृत्यु भएको छ भने अर्का प्रहरी घाइते छन्। एक कारले सुरक्षा बेरिकेडमा ठक्कर दिएको र चालकले प्रहरीहरुलाई चक्कु प्रहार गरेको थियो। त्यसपछि प्रहरीले गोली चलाउँदा सन्दिग्ध हमलाकारीको मृत्यु भएको हो।<br />
सन्दिग्ध हमलाकारी २५ वर्षीय नोआह ग्रिन रहेको प्रहरीको भनाइ छ। शुक्रबारको उक्त घटना कुनै आतंककारीबाट नभएको बताइएको छ।(बीबीसी)</p>
प्रतिक्रिया दिनुहोस्