जनकपुर। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा भएको बम विस्फोटमा मृत्यु भएकाका परिवारलाई २५ लाख रूपैयाँ क्षतिपूर्ति दिन माग गरिएको छ। औषधि व्यवसायी संघका पदाधिकारीले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्।
बम विस्फोटमा घाइते भएकालाई राहतस्वरूप एक लाख रूपैयाँका दरले उपलब्ध गराउन र सम्पूर्ण उपचार खर्च व्यहोर्नसमेत माग गरिएको छ। संघका अध्यक्ष सत्यनारायण साहले घटनाको सूक्ष्म अनुसन्धान गरी अपराधीलाई कडाभन्दा कडा सजायको माग गरे। उनले औषधि व्यवसायी असुरक्षित महसूस गरिरहेको बताए।
औषधि व्यवसायी संघले आफ्ना मागहरू पूरा नभए आन्दोलन गर्ने चेतावनी पनि दिएको छ।
२७ मंसीरमा बम विस्फोटमा औषधि व्यवसायीसमेत रहेका राजेश साह, उनका छोरा आनन्द र इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक अमिरकुमार दाहालको मृत्यु भएको थियो। साहले क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा निक्की मेडिकल हल सञ्चालन गर्दै आएका थिए।
" /> जनकपुर। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा भएको बम विस्फोटमा मृत्यु भएकाका परिवारलाई २५ लाख रूपैयाँ क्षतिपूर्ति दिन माग गरिएको छ। औषधि व्यवसायी संघका पदाधिकारीले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्।बम विस्फोटमा घाइते भएकालाई राहतस्वरूप एक लाख रूपैयाँका दरले उपलब्ध गराउन र सम्पूर्ण उपचार खर्च व्यहोर्नसमेत माग गरिएको छ। संघका अध्यक्ष सत्यनारायण साहले घटनाको सूक्ष्म अनुसन्धान गरी अपराधीलाई कडाभन्दा कडा सजायको माग गरे। उनले औषधि व्यवसायी असुरक्षित महसूस गरिरहेको बताए।

">